४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


थापाको काँधमा नेपाल प्रहरी जिम्मेवारी


1.144k
Shares

दिपक श्रेष्ठ र गृष्मा राजभण्डारी

काठमाडौं । नेपाल प्रहरीको नयाँ आइजीपीको जिम्मेवारी दिपक थापाको काँधमा आएको छ । आइजीपी बसन्त बहादुर कुँवरको पदावधि आजैदेखि सकिएलगत्तै सरकारले थापालाई नयाँ आइजीपी नियुक्त गरेको हो । तर थापा पनि ६ महिना मात्रै महानिरीक्षक रहनु हुनेछ ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले यही चैत्र ४ गतेबाट उमेर हदका कारण अनिवार्य अवकाश पाएसँगै नेपाल प्रहरीको नेतृत्व दीपक थापाको काँधमा आएको हो ।

कुँवरको अवकाशसँगै एउटै ब्याचका एआइजीहरु दीपक थापा, टेकबहादुर तामाङ र सुदिप गिरी आइजीपीको दाबेदार रहेकोमा सरकारले थापालाई नेपाल प्रहरीको ३१औं प्रहरी महानिरिक्षक बनाएको हो ।

२०५८ साल भदौ १८ गते नेपाल प्रहरीमा प्रवेश गर्नुभएका दिपक थापा नेपाल प्रहरीको निरिक्षकदेखि एआइजिसम्म आइपुग्दा नेपाल प्रहरीको बिभिन्न युनिटको नेतृत्व सम्हालिसक्नु भएको छ । २० भन्दा बढी युनिटको नेतृत्व गर्नुभएका थापा नेतृत्व क्षमताको आधारमा सबैभन्दा बढी युनिट कमाण्ड गर्ने अधिकृतको रुपमा परिचित हुनुहुन्छ । २०२८ सालमा भक्तपुरको सिपाडोलमा जन्मनु भएका थापा महानिरिक्षक हुनुअघी एआइजी पदको नेतृत्व सम्हाल्दा उपत्यका प्रहरी कार्यालय प्रमुख, प्रहरी प्रधान कार्यालयको प्रशासन बिभाग प्र्रमुख, हुँदै केन्द्रिय अनुसन्धान ब्युरो सिआइबीको नेतृत्व सम्हालिसक्नु भएको छ ।

प्रहरी निरिक्षकको पदबाट प्रवेश गर्दा नेपाल प्रहरी बिद्यालय साँगा, गरुडा रौतहट, धनगढी कैलालीमा रही ११ वर्षसम्म २० फरक युनिटको नेतृत्व सम्हाल्नु भएको थियो भने डिएसपी पदमा रहंदा जिल्ला प्रहरी कार्यलय खोटाङ, काठमाडौं प्रहरीबृत महाराजगञ्ज, रुपन्देही इलाका प्रहरी कार्यालय प्रमुखको अनुभव बटुल्नु भएको थियो । थापा एसपी पदमा हुँदा जिल्ला प्रहरी कार्यालय चितवन प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल र कोहलपुर सम्पर्क कार्यालय प्रमुखका रुपमा कार्यरत रहनु भएको थियो ।

थापाले कार्य सम्पादनमा मूल्यांकनमा पनि उत्कृष्टताको पुरस्कार पटक पटक पाउने गर्नुभएको थियो । काठमार्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख, प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखा प्रम्ुखका साथै डिआइजी पदमा रहंदा बाग्मती प्रदेश प्रहरी प्रमुख, प्रहरी प्रधान कार्यालयको प्रवन्ध बिभाग प्रमुखका रुपमा रहनु भएका थापाले नेपाल प्रहरीको नयाँ नेतृत्व सम्हाल्नु भएको छ ।