४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


सहकारी ठगी न्युनिकरण गर्न बचत र ऋणको सीमा निर्धारण गर्नुपर्नेमा सांसदहरुको जोड


0
Shares

काठमाडौं । सहकारी ठगी न्युनिकरण गर्न बचत र ऋणको सीमा निर्धारण गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८१ बारे सांसदहरुले आफ्ना धारणा राख्दै बचत र ऋणमा सीमा निर्धारण गर्नुपर्नेमा जोड दिएका हुन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा छलफलमा भाग लिँदै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारीमा बचतकर्ताको बचतको सुरक्षा प्रमुख काम भएको बताउनुभयो । उहाँले सहकारीहरुले बचतकर्तालाई विभिन्न प्रभावमा पारेर बचत गराउने गरेको आरोप लगाउनुभयो ।

अध्यक्ष केसीले सहकारीमा बचतकर्ताले गरेको अर्बौं वचत डुबेको भन्दै वचतकर्ताले आत्महत्या गर्ने अवस्थासम्म पुगेको घटना समाजमा देखिएको बताउनुभयो । उहाँले सहकारीमा वचत तथा ऋण प्रवाहसम्बन्धी सीमा निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा (माओवादी केन्द्र)का सांसद गंगा कार्कीले विधेयक गम्भीरतापूर्वक अध्ययन गरेर सहकारी पीडितहरुका लागि मान्य हुने गरी संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले समितिमा वृहत रुपमा छलफल नै नगरी सरकारले झारा टार्ने हिसावले विधेयक ल्याएको अरोप लगाउनुभयो ।

नेकपा एमालेका सूर्यबहादुर थापाले विधेयकका विभिन्न दफामा ६ वटा संशोधनको प्रश्ताव राख्नुभयो । उहाँले सहकारी ठगीका सम्बन्धमा थुनामा तथा मुद्दामामिलामा रहेका व्यक्तिहरुलाई यथास्थितिमा राखेर बचतकर्ताको बचत फिर्ता नहुने बताउनुभयो । उहाँले समस्या समाधानका लागि आफूले राखेको संशोधनको विषयमा विधेयक प्रस्तुतकर्ताले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभयो ।

सांसदहरुले सहकारी ठगीलगायतका समस्या समाधान हुने गरी विधेयक संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।