
काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक तथा सामुदायिक क्याम्पसहरुमा आज मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदै छ । चैत ८ गते विश्वविद्यालय क्याम्पसमा निर्वाचन हुने भएको छ ।
स्ववियको निर्वाचन हरेक दुई वर्षमा हुनुपर्ने विधान छ । तर आन्तरिक विवादका कारण केही क्याम्पसमा १६ वर्षपछि मात्रै नर्वाचन हुँदै छ । केही बाहेक त्रिविका आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो । केही विश्वविद्यालयले स्ववियु निर्वाचन सम्पन्न गरिसकेका छन् भने केहीले निर्वाचनको तयारी गरिरहेका हुन् ।
विश्वविद्यालय क्याम्पसमा २१ सदस्य रहने गरि स्ववियु निर्वाचन हुन लागेको हो । त्यसमा ११ जना प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । विश्वविद्यालय क्याम्पसमा ६ हजार १४६ मतदाता रहेका छन् ।
यस निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचित हुनेछन् भने उपाध्यक्ष र उपसचिव गरि २१ सदस्य निर्वाचित भएपछि त्यसमध्येबाट चयन गरिनेछ । यसरी यदी कुनै संघसंगठनको बहुमत आएमा उपाध्यक्ष र उपसचिव सोही संगठनको सदस्यमध्येबाट चयन हुनेछन् भने बहुमत नआएमा सहमतिबाट चयन गरिने व्यवस्था छ । यसरी पनि सहमति भएन भने २१ जनाको मतबाट उपाध्यक्ष र उपसचिव चयन हुनेछन् ।
उता सोमबार राति रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो । यसको निष्पक्ष छानबिन गर्न उक्त संगठनले माग गरेको छ ।
यस्तै अमृत साइन्स क्याम्पसमा पनि स्ववियु निर्वाचन स्थगित गरिएको छ । सुरक्षाको कारण निर्वाचन स्थगित गरिएको बताइएको छ । निमित्त क्याम्पस प्रमुख होमबहादुर बानियाँले सूचना टाँस गरेर निर्वाचन स्थगित गरिएको बताउनुभयो । सूचनामा सोमबार बस्ने भनिएको बैठकमा केही विद्यार्थी संगठन अनुपस्थित भएकाले निर्वाचन स्थगित गरिएको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्