५ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025


अछाममा भूकम्पको धक्का


403
Shares

काठमाडौं । अछाममा आज भूकम्पको धक्का महसुस गरिएको छ । अछामको बाटुलासेन आसपास केन्द्र बनाएर बिहान ६.३३ बजे भूकम्प गएको हो ।

मंगलबार बिहान ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पले अछामका साथै अन्य आसपासका जिल्लामा पनि धक्का महसुस गरिएको थियो । भूकम्पले क्षति पुर्‍याएको बारे अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन ।

योभन्दा अघि फागुन २६ गते कास्कीलाई केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।