५ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025


ट्रम्प र पुटिनबिच आज टेलिफोन वार्ता हुने


403
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच आज टेलिफोन वार्ता हुँदैछ । विश्वका दुई शक्तिशाली देशका शीर्ष नेताबिचको यो टेलिफोन वार्तालाई निकै चासोका साथ हेरिएको छ ।

यो वार्ता मुख्यरुपले युक्रेन युद्ध अन्त्य गराउन आवश्यक शान्ति सम्झौताको सेरोफेरोमा केन्द्रित हुने बताइएको छ । आज हुने बहुप्रतिक्षित फोन वार्ताअघि आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग युक्रेनमा शान्ति सम्झौताका धेरै तत्वहरूमा सहमति भएको ट्रम्पले बताउनुभएको छ ।

रुस युक्रेन युद्धमा हरेक हप्ता दुवै पक्षबाट २,५०० सैनिकको मृत्यु भइरहेको स्मरण गराउँदै ट्रम्पले अब कुनै पनि हालतमा यो युद्ध रोकिनुपर्ने बताउनुभयो । ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले शान्ति सम्झौता सुरक्षित गर्न ट्रम्प कटिवद्ध’ रहेको बताउनुभयो ।