५ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025


राष्ट्रिय फुटबल टोली घोषणा


1.144k
Shares

काठमाडौं । ए.एफ.सी. एसियन कप फुटबल छनौटका लागि नेपाली राष्ट्रिय फुटबल टोली घोषणा गरिएको छ ।

यही चैत ८ गते सिंगापुरविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र चैत १२ गते मलेसियाविरुद्ध हुने एसियन कप छनोटका लागि नेपालका मुख्य प्रशिक्षक म्याट रसले २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

फरवार्ड सुवास बम ठकुरी, गोलकिपर अञ्जल श्रेष्ठ र रक्षक सुमन श्रेष्ठ पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । फरवार्ड रेजीन सुब्बा र मिडफिल्डर कृतिशरत्न छुन्जुले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । घोषित टोलीको गोलकिपरमा किरण चेम्जोङ, दीप कार्की र अञ्जल श्रेष्ठ छन् ।

यसैगरि डिफेन्डरमा अनन्त तामाङ, विमल पाण्डे, सनीस श्रेष्ठ, रन्दीप पौडेल, सुमीत श्रेष्ठ, अभिषेक लिम्बु र सुमन श्रेष्ठ छन् ।

यस्तै मिडफिल्डरमा रोहित चन्द ठकुरी, लाकेन लिम्बु, रोहन कार्की, मणिकुमार लामा, भरत खवास, एरिक विष्ट, मनीष डाँगी, कृतिशरत्न छुन्जु र आयुश घलान छन्भने फरवार्डमा जिलेस्पीजंग कार्की, अञ्जन विष्ट, सुवास बम ठकुरी र रेजीन सुब्बा रहेका छन् ।