
एजेन्सी । टर्कीको स्वास्थ्य मन्त्रालयले उत्तरी म्यासेडोनियामा नाइट क्लवमा लागेको आगलागीबाट मृत्यु हुनेको संख्या ५९ जनाको मृत्यु भएको बताएको छ । आगलागीबाट घाइते भएका नौ जनालाई उपचारका लागि टर्किए पठाइएको छ ।
उत्तरी म्यासेडोनियाको कोकानीमा रहेको नाइटक्लवमा भएको विनाशकारी आगलागीपछि कम्तिमा ५९ जनाको मृत्यु भएको र एक सयभन्दा बढीलाई अस्पताल भर्ना गरिएको छ ।
घाइतेमध्ये तीन जनालाई इस्तानबुलको बासाकसेहिर क्याम र साकुरा सिटी अस्पतालको बर्न युनिटमा स्थानान्तरण गरिएको छ भने बाँकी ६ जनालाई उपचारका लागि राजधानी अंकाराको अंकारा बिल्केन्ट सिटी अस्पतालमा लगिएको छ ।
मेमिसोग्लुले बाल्कन देशहरूलाई सहयोग गर्ने टर्किएको प्रतिवद्धतालाई पुष्टि गर्दै आवश्यक परेमा थप बिरामीहरूलाई उपचारका लागि स्थानान्तरण गरिने बताउनुभयो । -सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्