५ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025


करिब २५ करोड बराबरको विदेशी मुद्रासहित पक्राउ (तस्बिरहरु)


3.497k
Shares

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको झोरबाट प्रहरीले २५ करोड रुपैयाँ बराबरको यूरो र अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ ।

रसुवागढी नाकातर्फ जाँदै गरेको ट्रकका चालक कुसान लामालाई ३ लाख ७५ हजार युरो र ३ लाख २० हजार अमेरिकी डलरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४३ बर्षिय कुसान लामाले चालक सिटको पछाडि फल्स बटम बनाएर उक्त रकम लैजाँदै गरेको अवस्थामा फेला परेको पनि प्रहरीले जनाएको छ ।

प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी लामा र बरामद भएको रकम सार्वजनिक गरेको छ । यसअघि पनि सुन तस्करीको आरोपमा पाँच वर्ष जेल बसेर रिहा भएको पनि प्रहरीले जनाएको छ । २०७८ मा उनी सात किलो सुनसहित कलंकीबाट समातिएका थिए ।