
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिङ्गापुर हुने खेल तथा एसिया कप छनोट अन्र्तगत मलेसियासँग हुने खेलका लागि नेपाली फुटबल टोलीको बिदाई गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ र एन्फा पदाधिकारीहरुले मंगलबार २३ सदस्यीय नेपाली टीमको बिदाई गरेका हुन् ।
नेपालले यही चैत ८ गते सिङ्गापुरसँग र १२ गते एसिया कप छनोट अन्तर्गत मलेसियासँग खेल्ने कार्यक्रम छ ।
बिदाई कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले नयाँ प्रशिक्षक र नयाँ खेलाडीका साथै छोटो समयको प्रशिक्षणपछि पनि खेलका लागि उत्साहित भएको बताए । उनले नेपाली टोलीले राम्रो प्रदर्शन गर्ने र साफको राम्रो तयारी हुने समेत बताए । मुख्य प्रशिक्षक म्याट रसले हिजो नै २३ सदस्यीय टोलीको घोषणा गरेका थिए ।
जसअनुसार गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् भने स्ट्राइकर रेजिन सुब्बा र मिडफिल्डर कृतिशरत्न छुन्जु राष्ट्रिय टोलीमा फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस्