
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परिक्षा (एसईई)लाई व्यवस्थित, मर्यादित र शान्तीपूर्ण रुपमा सम्पन्न गर्न मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताउनुभएको छ ।
मंगलबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री भट्टराईले यस्तो बताउनुभएको हो ।
मन्त्री भट्टराईले एसईईलाई परिक्षालाई व्यवस्थित गर्नको लागि परीक्षा नियन्त्रण कार्यालय, राष्ट्रिय परिक्षा बोर्ड लगायतका निकायहरुको नियमितजसो बैठक बसिरहेको बताउनुभयो । उहाँले परिक्षा अवधिभर सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृह मन्त्रालयसँग अनुरोध गरेको समेत बताउनुभयो ।
मन्त्री भट्टराईले परिक्षा केन्द्रमा प्रहरी परिचालन गरेर विद्यार्थीहरुमा डर र त्रास पैदा गर्नुभन्दा व्यवस्थित रुपमा परिक्षा संचालन गर्न सामथ्र्यवान छौं भन्ने प्रमाणित गर्न प्रत्येक परिक्षा केन्द्रहरुलाई निर्देशन दिइएको समेत बताउनुभयो । उहाँले विद्यालय शिक्षा विधेयकमा एसईईलाई प्रदेश राख्नेगरी व्यवस्था गर्नुपर्ने समेत बताउनुभयो ।
यो एसईई संघीयताभित्रको भएको हुनाले एसईईलाई प्रदेशमा हस्तान्तरण गर्ने नीति ल्याउन अपरिहार्य रहेको मन्त्री भट्टराईको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्