
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशअन्तर्गतका शिक्षा अधिकारीहरुले एसईई परीक्षाका लागि ठूलो चलखेल गरेको आरोप लगाउनुभएको छ ।
मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले एसईईको परीक्षाका लागि शिक्षा अधिकारीहरुले ठूलो भ्रष्टाचार गरेको आरोप लगाउनुभयो । उहाँले निजी क्षेत्रको मात्रै नतिजा राम्रो हुने र सरकारी तथा सार्वजनिक विद्यालयको नतिजा नराम्रो आउनुमा शिक्षा अधिकारीहरुको कमजोरी रहेको बताउनुभयो ।
मुख्यमन्त्री सिंहले एसईई मर्यादित बनाउन केन्द्राध्यक्ष रोष्टर निर्माण गर्न आग्रह गरेको भएपनि नगरिएको गुनासो गर्नुभयो । उहाँले परीक्षा अहिले सञ्चालन गर्न दिने तर आगामी दिनमा प्रदेश सरकारले आफ्नो निर्णय गरेर अघि बढ्ने बताउनुभयो ।
मुख्यमन्त्री सिंहले अहिलेका शिक्षा अधिकृतहरुमाथि कारबाही नगरे मधेश प्रद्येशबाट उनीहरुलाई नै हटाउने निर्णइ गरेर अघि बढ्ने चेतावनी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्