५ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025


सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : अध्यक्ष सिंह


988
Shares

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायमा सिमेन्ट उद्योगहरुको सिन्डिकेट रोक्न आग्रह गर्नुभएको छ ।

मंगलबार सिंदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै अध्यक्ष सिंहले यस्तो आग्र गर्नुभएको हो ।

अध्यक्ष सिंहले विकास निर्माणको समयावधि सकिन लागेको भएपनि सिमेन्टको मूल्यमा वृद्धि हुँदा आफूहरु अल्मलिराखेको बताउनुभयो । डण्डि र सिमेन्ट व्यवसायीहरुले सल्लाह गरेरै सिण्डिकेट गरेको उहाँको आरोप छ ।

अध्यक्ष सिंहले २ हप्ता अगाडि ७६ रुपैयाँमा पाइने डण्डिको मूल्य बढाएर ९० रुपैयाँ पुर्याइएको उल्लेख गर्नुभयो । उहाँले सिमेन्ट र डण्डि व्यवसायीहरुले मूल्य बढाएको कारण विकास निर्माणको काम रोकिन लागेको भन्दै उद्योग मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । उहाँले यसरि मुलुक खुला अर्थतन्त्र नीतिमा जाने हो कि सिन्डिडकेटमा जाने हो रु भन्दै प्रश्न समेत गर्नुभएको छ ।

लोडसेडिङको कारणले सिमेन्ट र डण्डिको मूल्य बढाउन बाध्य भएको भन्दै व्यवसायीहरुले विद्युत आपूर्ति बढाउनुपर्ने माग राखेका छन् । सौरभ समूहका अध्यक्ष विष्णु न्यौपानेले ५ मेगावाट भएपनि २४सै घण्टा विद्युत आपूर्ति दिनुपर्ने बताउनुभयो । उहाँले वन मन्त्रालय तथा उद्योग मन्त्रालयलेल कम्पनीका फाइलहरुमा चासो नदिएको कारण स्टिल व्यवसायीहरु समस्यामा रहेको बताउनुभयो । उहाँले लोडसेलिडङ लगायतका समस्याका कारण १० प्रतिशत घाटामा डण्डि बेच्नुपरेको कारण मूल्य बढाएको स्पष्टिकरण दिनु भएको छ ।

सरकारले समस्याहरु सम्बोधन गरेको अवस्थामा मूल्य घटाउन तयार रहेको उहाँको भनाइ छ ।