५ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025


परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता


1.612k
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेट गर्नुभएको छ ।

राइसिना डायलगको लागि भारतको दिल्ली पुग्नुभएकी परराष्ट्रमन्त्री डा. राणाले भारतीय समकक्षि जयशंकरसँग भेट गर्नुभएको हो ।

भेटमा नेपाल र भारतको दुई पक्षिय सम्बन्धका बारेमा चर्चा गर्नुभयो । दुई देशका विदेशमन्त्रीको भेटलाई महत्वका साथ हेरिएको छ । पछिल्लो समय नेपालमा भइरहेका राजनीतिक गतिविधिहरुका बारेमा पनि भेटमा छलफल भएको बताइएको छ ।