५ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025


बुद्धको मूर्ति अमेरिकाबाट नेपालमा फिर्ता ल्याइयो


403
Shares

काठमाडौं । भगवान बुद्धको ११ देखि १२ औं शताब्दी तीरको मूर्ति अमेरिकाबाट नेपालमा फिर्ता भएको छ ।

नेवाः गुथी, न्युयोर्कका कोषाध्यक्ष प्रेमगोपाल महर्जनले सो मूर्ति आज नेपाल ल्याउनु भएको हो ।

बुद्ध मूर्तिसँगै यक्षणी देवीको मूर्ति पनि अमेरिकाबाट फिर्ता आएको उहाँले बताउनुभएको छ । आर्ट इन्स्टिच्युट अफ शिकागोले न्युयोर्कस्थित कन्सुलेट जनलर, नेपाललाई यी मूर्ति हस्तान्तरण गरेको थियो ।

कालो ढुंगाबाट बुद्ध मूर्तिमा नागराज मुचिलिन्दले बेरेर सुरक्षा दिएको देखिन्छ । यो मूर्ति चालिस वर्ष अघि ललितपुरको गुइँ तःबहिबाट चोरी भएको थियो । यक्षणी देवीको मूर्ति भने काठमाडांैको बल्खुको भएको बताइएको छ ।