
एजेन्सी । रुसले युक्रेनको उर्जा पूर्वाधारमा आक्रमण रोक्न सहमति जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको फोनवार्तापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न सहमत हुनुभएको हो । तर अपेक्षा गरिएअनुसार युक्रेनमा तत्काल पूर्ण युद्धविरामको प्रस्ताव भने रुसले अस्वीकार गरेको छ ।
ट्रम्पको टोलीले हालै साउदी अरेबियामा युक्रेनी नेताहरुसँग गरेको छलफलपछि तयार पारको एक महिने युद्धविरामको प्रस्तावमा भने पुटिनले सहमति जनाएनन् । युक्रेनसँग विदेशी सैन्य सहायता र गुप्तचर साझेदारी समाप्त भए मात्रै युद्धविरामको लागि तयार हुने पुटिनको तर्क छ ।
युक्रेनका युरोपेली सहयोगीहरूले यस्ता शर्तहरूलाई पहिले नैं अस्वीकार गरिसकेका छन् । अमेरिका र रुसी नेताहरू मध्य पूर्वमा तुरुन्तै थप शान्ति वार्ता गर्न भने तयार भएका छन् । ट्रम्पले रुसी नेतासँग “धेरै राम्रो र फलदायक’’ वार्ता भएको सामाजिक सञ्जालमा पोस्ट गर्दै जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्