
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानअनुसार कुनैपनि पार्टीको बहुमत आउन धेरै गाह्रो रहेको बताउनुभएको छ ।
बुधबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले संविधानअनुसार कुनैपनि पार्टीको बहुमत आउन गाह्रो भएकाले अर्को पार्टीसँग मिल्नुपर्ने अवस्था रहेको बताउनुभयो । यसमा पार्टीको दोष नभइ संविधान नै त्यस किसिमको रहेको बताउनुभयो ।
सभापति देउवाले यसलाई बुझेर कांग्रेसले बहुमत ल्याउने प्रयास गर्न जरुरी रहेको बताउनुभयो । उहाँले अहिलेको संविधान धेरै राम्रो रहेको बताउनुभयो । उहाँले मावेशी, समानुपातिकताका आधारमा बनेको संविधान भएकाले यसलाई बचाइराख्नुपर्ने बताउनुभयो ।
सभापति देउवाले नेपालको गाउँपालिकाहरुमा प्रमुख वा उपप्रमुखमध्ये एकमा महिला अनिवार्य नै भएको बताउनुभयो । महिलालाई प्रत्यक्ष राजकीय प्रशासनमा प्रत्यक्ष सहभागी हुने मौका प्राप्त भइरहेको बताउनुभयो । महिलाले अधिकारका लागि मात्रै नभइ जिम्मेवारीकासाथ काम गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्