७ चैत्र २०८१, बिहिबार | Thu Mar 20 2025


मधेशका महिलालाई अवसर दिन जरुरी : उपसभामुख राना


312
Shares

काठमाडौं । उपसभामुख इन्दिरा रानाले मधेशका महिलालाई अवसर दिन जरुरी रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा मधेशी आयोगको छैटौँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मधेसका हरेक महिलालाई अवसरको खाँचो रहेको बताउनु भयो ।

उपसभामुख रानाले जातीय कुराले मधेशमा केही समस्या बढाइरहेको भन्दै यसलाई नियन्त्रण गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले मधेशमा छिटै विवाह गर्ने परम्परा रहेकाले त्यसलाई तोडेर आफ्नै खुट्टामा उभिनसक्ने भएपछि विवाह गर्नुपर्ने बताउनुभयो । जातिको कुरा गर्नेलाई दण्ड दिनुपर्ने बताउनु भयो ।

उपसभामुख रानाले भन्नुभयो, ‘आज मधेशका हरेक महिलालाई अपरचुनिटी दिनुपर्छ । अहिले पनि जातीय कुराले हामीलाई समस्यामा पारेको छ । मधेशमा जातको कारणले गर्दा छिटै बिहे गर्ने चलन छ । अहिले क्रिमिनलाइज भयो भन्ने छ । क्रिमिनलाइज हुन दिनु भएन । जसले जातिको कुरा गर्दछ, उसलाई दण्ड दिनुपर्छ । राम्रोसँग आयोगले, पुलिस प्रशासनले राम्रोसँग केयर गर्नुपर्छ ।’

उपसभामुख रानाले मानवतामा प्रश्न चिन्ह आउने कुराहरु तोड्न जरुरी रहेको बताउनुभयो । —न्युज एजेन्सी नेपाल