७ चैत्र २०८१, बिहिबार | Thu Mar 20 2025


अर्थ मन्त्रालय सुपर मिनिस्ट्रीको मानसिकतामा छैन : अर्थमन्त्री पौडेल


871
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय सुपर मिनिस्ट्रीको मानसिकतामा नरहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयकमाथि संशोधनकर्ता सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

अर्थमन्त्री पौडेलले आफू मन्त्री रहेसम्म अर्थ मन्त्रालय सुपर मिनिस्ट्री हो भन्ने भ्रममा नरहने स्पष्ट पार्नुभयो । उहाँले विधेयकमा योजना आयोग र महालेखा परीक्षकको कार्यालयको भुमिकालाई संकुचन गर्न खोजेको सांसदहरुले लगाएको आरोप अस्वीकार गर्नुभयो । उहाँले कसैको अधिकार संकुचन गर्नुभन्दा पनि बजेट निर्माणको नेतृत्व अर्थ मन्त्रालयले लिने गरि विधेयक निर्माण गरिएको जिकिर गर्नुभयो ।

योजना आयोगको अधिकार कटौति नभई उसको भुमिकालाई थप स्पष्ट पारिएको अर्थमन्त्री पौडेलको भनाइ छ ।