७ चैत्र २०८१, बिहिबार | Thu Mar 20 2025


स्वस्थ रहनका लागि खेलकुद आवश्यक : सभापति देउवा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वस्थ रहनका लागि खेलकुद आवश्यक रहेको बताउनुभएको छ ।

बिहीबार पार्टी केन्द्रिय कार्यालयमा पार्टीको खेलकुद विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले खेलकुद क्षेत्रलाई कांग्रेसल अझ अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले खेलकुद क्षेत्र राष्ट्रकै लागि महत्वपूर्ण रहेको बताउनुभयो ।

सभापति देउवाले स्वस्थ शरीरले मात्रै स्वस्थ मन र मानसिकता तयार पार्ने बताउनुभयो । उहाँले वस्थ शरीर आवश्यक रहेको बताउनुभयो ।

सभापति देउवाले खेलकुद क्षेत्रको विचार विमर्शले आगमी दिनमा खेल क्षेत्रको नीति नियम बनाउन मद्दत पुग्ने जिकिर गर्नुभयो ।