७ चैत्र २०८१, बिहिबार | Thu Mar 20 2025


नेपाल कथाहरुको विशाल भण्डार हो : अध्यक्ष दाहाल


338
Shares

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल कथाहरुको विशाल भण्डार भएको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।

अध्यक्ष दाहालले भौगोलिक विविधता, विभिन्न जातजाति तथा समुदायको सामाजिक, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल कथाहरुको विशाल भण्डार भएको बतायनुभयो । उहाँले नेपाली चलचित्र उद्योगले हाम्रो संस्कृति, परम्परा, ऐतिहासिक गौरव तथा सामाजिक यथार्थलाई विश्वसामु पु¥याउन महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो ।

अध्यक्ष दाहालले कथालाई चलचित्रमार्फत प्रश्तुत गरेर विश्वलाई हाम्रो देशको पहिचान दिनसक्ने सबैभन्दा उपयोगी माध्यम चलचित्र भएको बताउनुभयो । कला, संस्कृति, प्रविधि र विचारको संयोजन रहेको चलचित्र मनोरञ्जनको साधन मात्र नभएर सामाजिक परिवर्तनको गतिशिल माध्यम भएको बताउनुभयो ।

अध्यक्ष दाहालले इतिहासका महत्वपूर्ण परिवर्तनहरु चलचित्रमार्फत अभिलेख गरिएको बताउनुभयो । उहाँले चलचित्र समाजको पथ प्रदर्शक बन्न सक्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा चलचित्र क्षेत्रका अपार सम्भावना रहेको जिकिर गर्नुभयो ।