
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समतामूलक समाज निर्माणका लागि संघीयता उपयुक्त राज्य प्रणाली भएको बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा आयोजित ‘चेपाङ समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार’ विषयक छलफल कार्यक्रममा सञ्चारमन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।
सञ्चारमन्त्री गुरुङले संघीय राज्य संरचनामार्फत आदिवासी तथा जनजातीहरुको आर्थिक, सांस्कृति तथा सामाजिकि स्तर माथि उकास्न सकिने बताउनुभयो । वर्गीय, क्षेत्रीयलगायत सबै किसिमका असमानता हटाउन संघीयता अभ्यासको उपयुक्त थलो भएको उहाँको भनाइ छ । उहाँले पिछडिएका तथा सिमान्तकृत वर्गलाई नीति निर्माण तहका साथै राज्यका विभिन्न निकायमा पुग्न संघीय संरचनाले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
सञ्चारमन्त्री गुरुङले राष्ट्रिय एकता बलियो बनाउन संघीयता आवश्यक भएको बताउनुभयो । संघीयता नबुझ्नेहरुले संघीयतालाई देश टुक्र्याएको भन्ने गरेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्