
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले देशमा सुशासन नरहेको बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा गिरिजाप्रसाद कोईरालाको १५ औं स्मृति दिवसका अवसरमा आयोजित गिरिजाप्रसाद र लोकतन्त्र विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेता कोईरालाले नेपाली कांग्रेस अहिले सरकारमा रहेको तर सुशासन नरहेको बताउनुभयो । उहाँले सरकार आफूलाई मन लागे योग्यताको आधारमा नभए मन परेको आधारमा कर्मचारी नियुक्ति गर्ने काममा लागेको आरोप लगाउनुभयो ।
सांसद काईरालाले सरकारलाई खबरदारी गर्ने जिम्मेवारी आफूहरुको भएको बताउनुभयो । नेपाल अफ्ठ्यारोमा परेको बताउनुभयो । उहाँले अबका दिनमा कुनैपनि पार्टीको पछि नलाग्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्