
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनता चनाखो रहेकाले लोकतान्त्रिक व्यवस्था हटाएर उथलपुथल हुन नसक्ने बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले नेपाली जनता धेरै लामो समय संघर्ष गरेर एउटा सचेतनाका साथ अहिलेको व्यवस्थामा आएकाले हा हा हु हु गर्दैमा अन्य देशहरुको जस्तो व्यवस्था परिवर्तन हुन नसक्ने टिप्पणी गर्नुभयो । लोकतन्त्रलाई सुदृढ गर्ने कुरामा नेपाली जनता पर्याप्त चनाखो रहेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले अबको प्रश्न लोकतन्त्रलाई कसरी व्यवहारिक रुपमा सुदृढ गर्ने रु भन्ने रहेको बताउनुभयो । उहाँले लोकतन्त्र मासिने कुरा हुन नसक्ने जिकिर गर्नुभयो ।
प्रधानमन्त्री ओलीले स्थानीय तहलाई स्वच्छ बनाउने कुरामा आफूहरु लागि परेको बताउनुभयो । उहाँले जनताले सिंहदरबारको सरकार गाउँ गाउँमा मात्रै पुग्यो र सिंहदरबारका भ्रष्टाचारहरु पनि गाउँमा पुगेको भन्दै टिप्पणी गर्ने गरेको बताउनुभयो ।
सिंहदरबार भ्रष्ट नरहेको दाबी गर्दै सिंहदरबारमा बसेर देशको नेतृत्व गर्ने आफूले सधैँ भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने गरेको बताउनुभयो । उहाँले भ्रष्टाचार मुक्त सुशासन, भ्रष्टाचार अन्त्य गर्ने र जनतालाई सेवामा छिटो छरितो सेवा दिने काममा आफूहरु लागेको बताउनुभयो । उहाँले स्थानीय तहको विकल्प नभएको पनि बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आफूहरु देश निर्माण गर्ने कार्यकर्ता भएको बताउनुभयो । संविधानको प्रभावकारी कार्यान्वयन र केही कुराहरु संशोधन गर्दा विचार पु¥याएर समयानुकल बनाएर अघि बढ्न जरुरी रहेको बताउनुभयो । संविधान संशोधनको अर्थ प्रणालीको रक्षा गर्ने, प्रभावकारी बनाउने, कमजोरी हटाउने र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्