८ चैत्र २०८१, शुक्रबार | Fri Mar 21 2025


आयुर्वेद चिकित्सा पद्धति प्रभावकारी बन्दै


715
Shares

सिन्धुली । सिन्धुलीमा आयुर्वेद औषधीको निन्तर उपयोगबाट जनस्वास्थ्यमा अपेक्षित सुधार हुँदै जान थालेपछि पछिल्लो समयमा आयुर्वेद चिकित्सा उपचार पद्धति प्रभावकारी बन्दै जान थालेको छ ।

जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा अवस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जारी गरेको पछिल्लो तथ्यांकले सिन्धुलीमा आयुर्वेदिक पद्धतिबाट उपचार गर्ने र औषधी सेवन गर्नेहरुको संख्या बढदै जान थालेको देखिएको छ ।

चिकित्सालयमा ग्यास्ट्रिक, हाड जोर्नी तथा नसाको दुखाइ, पायल्स, रुघा, खोकी ज्वरोलगायतका स्वास्थ्य समस्या लिएर बिरामी आउने गरेको देखिएको छ । बाग्मती प्रदेश सरकारको मातहतमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीले आयुर्वेद उपचार पद्धति र आयुर्वेद औषधीहरुको उपयोग दिनदिनै बढिरहेको कार्यालयले जनाएको हो ।

सिन्धुलीको कुल ९ वटा स्थानीय तहहरुमध्धे ८ वटा स्थानीय तहहरुमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले सेवा प्रवाह गरिरहेको छ भने, जिल्ला सदरमुकाम सिन्धुलीमाडीमा प्राकृतिक चिकित्सा पद्धतिबाट उपचारहरु भइरहेको छ ।