१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


राष्ट्रिय उत्पादनमा जोड दिन प्रधानमन्त्री ओलीको आग्रह


208
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय उत्पादनमा जोड दिन आग्रह गर्नुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित उद्योग व्यवसायी महासंघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उद्योग व्यवसायको स्थिति धेरै राम्रो नभएपनि राम्रोतर्फ उन्मुख भइरहेको बताउनुभयो । उहाँले सरकारले व्यवसायसम्बन्धी नीतिहरु पनि सोहीअनुसार अघि बढाइरहेको बताउनुभयो ।

राष्ट्रिय उत्पादनमा जोड दिँदै देशका लागि आवश्यक उपभोग्य वस्तुहरु आफैँ तयार गर्नसके र आत्मनिर्भर बन्नसके देशलाई अगाडि लैजान सकिने जिकिर गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालीले आफ्ना उत्पादनहरु प्रयोग गर्ने बानी बसाउनुपर्ने बताउनुभयो ।