८ चैत्र २०८१, शुक्रबार | Fri Mar 21 2025


राज्यले तर्साउने, धम्क्याउने र असुल गर्ने काम गर्दैन : खतिवडा


0
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले सबै उद्यमी व्यवसायीलाई समान रुपले कारोबार र प्रतिष्पर्धा गर्ने मौका दिने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशनलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री खतिवडाले सरकारले कुनै निश्चित उद्योगी व्यवसायीको पक्षमा नीति निर्माण नगर्ने बताउनुभयो बताउनुभयो । उहाँले अर्थतन्त्रमा देखिएका कानूनी जटिलतालाई समाधान गर्न सरकार लागि परेको बताउनुभयो ।

पूर्वअर्थमन्त्री खतिवडाले विगतमा अर्थतन्त्रमा देखिएका विभिन्न विकृतिका कारण समस्या उत्पन्न भएको बताउँदै सरकारले लिएको लक्ष्यमा पुग्न नसकिएको बताउनुभयो । उहाँले सरकारले राज्यका कुनैपनि निकायमार्फत तर्साउने, धम्क्याउने वा असुली गर्ने काम नगर्ने भन्दै उद्योग व्यवसायीलाई आश्वस्त पार्नुभयो ।

पूर्वअर्थमन्त्री खतिवडाले उद्योग व्यवसायीका लागि आवश्यक परेको अवस्थामा राज्यले छिटो बाटोबाट नीति निर्माण गरी कानूनी समस्या समाधान गर्ने बताउनुभयो । उहाँले पछिल्लो समय उद्योग व्यवसायमा देखिएको ऊर्जा समस्या समाधान गर्न उद्योगी व्यवसायीले आफ्नै पहलमा केही गर्नुपर्ने भन्दै सरकारले खेल्नुपर्ने भुमिकाका बारेमा दबाब सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।