८ चैत्र २०८१, शुक्रबार | Fri Mar 21 2025


२०८२ मंसिर मसान्तसम्म अधिवेशन नभए कांग्रेस कमजोर बन्छ : कोईराला


195
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले २०८२ को मंसिर मसान्तसम्म कांग्रेसको अधिवेशन हुन नसके नेपाली कांग्रेस कमजोर बन्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोईरालाले नेपाली कांग्रेसको अधिवेशन २०८२ मंसिर मसान्तसम्म भएन भने नेपाली कांग्रेस कमजोर हुँदै जाने भन्दै त्यसमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले आफूहरुले समयमै अधिवेशन हुनुपर्छ भनेर आवाज नउठाए कसैले उठाउन नसक्ने बताउनुभयो ।

नेता कोईरालाले सामाजिक सञ्जालमा २०८२ को मंसिर मसान्तसम्म महाधिवेशन हुनुपर्छ भनेर लेख्न आफू निकट नेता/कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । सबैले दबाब दिए पार्टीले थेग्न नसक्ने जिकिर गर्नुभयो ।

सांसद कोईरालाले सबैले साथ दिएको खण्डमा नेपाल बनाउन सकिने जिकिर गर्नुभयो । देश विकासका लागि नेपाली कांग्रेस एक ढिक्का हुन जरुरी रहेको बताउनुभयो । उहाँले पार्टी सभापति शेरबहादुर देउवा र आफूबीचमा कुनै तिक्तत नरहेको दाबी गर्नुभयो ।