८ चैत्र २०८१, शुक्रबार | Fri Mar 21 2025


कांग्रेस विचारमा विविधतासहितको पार्टी हो : नेता रिजाल


221
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्रराज रिजालले नेपाली कांग्रेस विचारमा विविधतासहितको पार्टी भएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता रिजालले नेपाली कांग्रेस आमनागरिकको विचार र चेतना बोकेको पार्टी भएको बताउनुभयो । उहाँले कांग्रेसले हरेक विचार बोकेका व्यक्तिहरुलाई समेटेर लैजानसक्ने पार्टी भएको दाबी गर्नुभयो ।

नेता रिजालले पार्टीले विभिन्न विचार र समूहका चेतना बोक्ने भएकाले आमनागरिकले कांग्रेसलाई मेरो पार्टी हो भनेर गर्व गर्नसक्ने अवस्था रहेको जिकिर गर्नुभयो । विश्वका पुराना लोकतान्त्रिक दलहरुमा सबैलाई समेट्न सक्ने क्षमता हुने उहाँको भनाइ छ ।

नेता रिजालले कांग्रेस र एमालेको वर्तमान सरकारले आगोको पर्खाल निर्माण गरी निषेधको राजनीति गरेको आरोप लगाउनुभयो । सरकारले सुशासनमार्फत जनताका निराशा सम्बोधन गरी विश्वासको आधारमा दलहरुसँग संवाद गरेर संविधान संशोधन गर्नुपर्ने उहाँको भनाइ छ ।