
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको लोकतान्त्रिक व्यवस्थाविरुद्ध भारत नरहेको बताउनुभएको छ ।
भारतको औपचारिक भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किनुभएकी परराष्ट्रमन्त्री राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले भारतले नेपालको वर्तमान लोकतान्त्रिक प्रणाली नै चाहेको बताउनुभयो ।
नेपालमा व्यवस्था परिवर्तनका लागि राजतन्त्रवादीहरुको गतिविधि भइरहेकोप्रति भारत बेखबर नरहेको परराष्ट्रमन्त्री राणाको भनाइ छ । उहाँले भारतका विदेशमन्त्री, ऊर्जामन्त्री लगायतसँगको कुराकानीमा नेपालको सरकार परिवर्तन वा व्यवस्था परिवर्तन भारतले नचाहेको दाबी गर्नुभयो ।
परराष्ट्रमन्त्री राणाले भारत भ्रमणका क्रममा विभिन्न देशका विदेशमन्त्रीहरुसँग भएको दुईपक्षीय भेटवार्तामा नेपालले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् लगायत विभिन्न परिषदमा दिएको उम्मेदवारीमा सहयोग गर्न आग्रह गरेको बताउनुभयो । नेपालको उम्मेदवारीप्रति धेरैले सकारात्मक जवाफ दिएको उहाँको भनाइ छ ।
पराराष्ट्रमन्त्री राणाले आफ्नो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटको पहल नगरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्