८ चैत्र २०८१, शुक्रबार | Fri Mar 21 2025


भूराजनीतिक संवेदनशीलता नबुझ्दा देशमा कठिन अवस्था आउनसक्छ : ईश्वर पोखरेल


351
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालले भूराजनीतिक संवेदनशीलता बुझेर राजनीतिक गतिविधि अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा नेकपा एमाले शहरी विकास विभागद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा भूराजनीतिक संवेदनशीलता नबुझ्दा देशमा कठिन अवस्था आउनसक्ने बताउनुभएको हो । उहाँले विश्वको सबैभन्दा धेरै जनसंख्या भएका दुई मुलुकको बीचमा नेपाल रहेको भन्दै ढंग नपु¥याउँदा सार्वभौतिसत्ता, अखण्डता र स्वाधिनताका कायम राख्न कठिन हुने बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले राजावादीको आन्दोलनतर्फ इङ्गित गर्दै वर्तमान अवस्थामा नेपालको राष्ट्रिय शक्तिहरुलाई छिन्नभिन्न गराउने किसिमले कुनै शक्ति लागिरहेको भन्दै त्यस्ता गतिविधिप्रति सचेत रहनुपर्नेमा जोड दिनुभयो । उहाँले नेकपा एमालेले पार्टीको नीति निर्देशन र उद्देश्य मात्र नभइ समग्र राष्ट्रको समृद्धिका लागि सबै पक्षहरुलाई समेटेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले अधिकार प्राप्तिको लडाइँ सकिएकाले राष्ट्रमा समृद्धि प्राप्तिको अभियानमा एमाले लागेको बताउनुभयो । उहाँले एमाले राष्ट्रिय निर्णायक शक्ति बन्ने उद्देश्य राखेर अगाडि बढेको बताउनुभयो ।