९ चैत्र २०८१, शनिबार | Sat Mar 22 2025

स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप सुरु


260
Shares

काठमाडौं । वोङ्छु पिक एण्ड मुसा मसला राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ ।

नेपाल क्लाइम्बिङ स्पोट्र्स एसोसिएसनको आयोजनामा काठमाडौं महानगरपालिका–१६ स्थित कालधारा पकनाजोलमा काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा खेल सुरु भएको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले प्रतियोगिताको एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । सो अवसरमा घिसिङले ओलम्पिक खेलका रूपमा रहेको स्पोर्ट क्लाइम्बिङको नेपालमा धेरै सम्भावना रहेको धारणा राखे । संघका अध्यक्ष रमेश पौडेलले अध्यक्षतामा उद्घाटन भएको थियो ।

विभिन्न प्रदेशका ६ महिला र १३ पुरुष गरी कुलल १९ खेलाडीले प्रतियोगितामा प्रतिष्पर्धा गरिरहेका छन् । दुई दिने प्रतियोगितामा शुक्रवार पुरुषको बोल्डरिङ र लिडको क्वालिफाइङ राउण्ड पूरा भएको छ । यहाँबाट आठ जना खेलाडी फाइनल खेलका लागि छनोट भएका छन् ।

महिलाहरूको भने क्वालिफाइङ राउन्डमा बोल्डरिङ खेल प्रतियोगिता मात्र सम्पन्न भएको छ । राष्ट्रियस्तरको यो प्रतियोगिता क्लाइम्बिङ स्पोर्टको अन्तर्राष्ट्रिय महासंघको विधिअनुसार वोल्डरिङ र लिड कम्बाइन विधामा पहिलोपल्ट नेपालमा खेलाइएको संघका महासचिव सन्तोष मादेनले जानकारी दिए । साहासिक तथा पर्यटन र खेलकुद क्षेत्रका विभिन्न व्यक्तिहरू उक्त खेलमा उपस्थित थिए ।