९ चैत्र २०८१, शनिबार | Sat Mar 22 2025


पानीको सही सदुपयोगबाट मुलुकले क्रान्तिकारी समृद्धि हाँसिल गर्नसक्छ : ऊर्जामन्त्री खड्का


104
Shares

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पानीको सही सदुपयोगबाट मुलुकले क्रान्तिकारी समृद्धि हाँसिल गर्नसक्ने बताउनुभएको छ ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जामन्त्री खड्काले यस्तो बताउनुभएको हो ।

ऊर्जामन्त्री खड्काले पानीको सही सदुपयोगमा लाग्नु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो । उहाँले पानी दैनिक जीवनको मात्र नभइ आर्थिक समृद्धिको वाहक भएको बताउनुभयो ।

ऊर्जामन्त्री खड्काले पानीको प्रयोग गरेर देशलाई समृद्ध बनाउने, रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताउनुभयो । उहाँले लश्रोतहरु नेपालको संस्कृति, सभ्यता र आर्थिक विकासको मेरुदण्ड भएको जिकिर गर्नुभयो ।

ऊर्जामन्त्री खड्काले जलवायु परिवर्तनका कारण विश्व पानी चक्रमा नै परिवर्तन आएको बताउनुभयो । हिमनदीहरु खुम्चिँदै जानुले हिमताल फुट्ने जोखिम वृद्धि भएको बताउनुभयो ।

ऊर्जामन्त्री खड्काले मौसमी वर्षाले कृषि क्षेत्रमा धेरै असर पुगेको र त्यसले जलश्रोत व्यवस्थापन र भविष्यको जल सुरक्षामा गम्भीर चुनौति उत्पन्न गरेको बताउनुभयो । जलश्रोत रणनीतिको लागि राज्यले आवश्यक योजना बनाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।