६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


नेपाल जलस्रोतको धनी भएपनि व्यवस्थापन चुनौतीपूर्ण : खानेपानीमन्त्री यादव


221
Shares

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले नेपाललाई खानेपानी व्यवस्थापनको सफल नमूना राष्ट्र बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

विश्व खानेपानी दिवसका अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा खानेपानीमन्त्री यादवले यस्तो बताउनुभएको हो ।

खानेपानीमन्त्री यादवले खानेपानी व्यवस्थापनमा रणनीतिक योजनामार्फत विज्ञसँग छलफल गरी बजेटमा प्रभावकारी नीति तथा कार्यक्रमको व्यवस्था गरिने बताउनुभयो । उहाँले नेपाल जलस्रोतमा धनी भएपनि उचित व्यवस्थापनमा कमजोर र चुनौतिपूर्ण रहेको बताउनुभयो ।

खानेपानीमन्त्री यादवले खानेपानीमा फड्को मार्नेगरी विकास साझेदार र विभिन्न दातृनिकायहरुसँग सहकार्य गर्ने बताउनुभयो । सुरक्षित खानेपानी तथा सरसफाईलाई सुनिश्ति तथा दीगो बनाउने रणनीतिअन्तर्गत निजी क्षेत्र तथा गैससरकारी संस्थाहरुसँग सहकार्यको तयारी भइ रहेको उहाँको भनाइ छ ।

खानेपानीमन्त्री यादवले नेपालमा खानेपानीलाई मानव अधिकारको रुपमा सुनिश्चित गर्न संवैधानिक अधिकारको रुपमा व्यवस्था गरिएको बताउनुभयो । संविधानमा भएको व्यवस्थालाई व्यावहारिक कार्यान्वयनमा थप सुधारको आवश्यक भएको उहाँको भनाइ छ ।