
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले भ्रष्टाचारको दुष्चक्रले गर्दा जनता निराश रहेको बताउनुभएको छ ।
जनकपुरमा शनिबार अयोजित पत्रकार सम्मेलनका क्रममा अध्यक्ष भट्टराईले यस्तो बताउनुभएको हो ।
अध्यक्ष भट्टराईले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र पहिचानवादी आन्दोलनबाट आएका राजनीतिक दलहरु पनि बिस्तारै थाक्दै, गल्दै गएको जिकिर गर्नुभयो । उहाँले त्यसको विकल्प संघीय लोकतान्त्रिक गणतन्त्रमा टेकेर बनेको अग्रगामी राजनीतिक दल भएको बताउनुभयो ।
अध्यक्ष भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली भइदिएको भए स्थिरता आउने दाबी समेत गर्नुभयो । संघीयतासम्बन्धी आवश्यक नियम, कानून आदि बेलामा नबनाइदिँदा ठिक ढंगले कार्यान्वयन हुन नसकेको बताउनुभयो ।
पूर्वप्रधानमन्त्री डा. भट्टराईले अहिलेको संघीयता अपूरो रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्