
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले चलचित्र उद्योग सम्भावना बोकेको क्षेत्र भएको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले अरु उद्योग जस्तै चलचित्र उद्योग पनि समस्यामा रहेको बताउनुभयो । उहाँले यसले समग्रमा देशको अर्थतन्त्रमा नै प्रभाव पारेको जिकिर गर्नुभयो । उहाँले अतिरिक्त खर्च गर्ने क्षेत्र चलचित्र भएकाले अहिलेको देशको आर्थिक अवस्था हेरेर पनि चलचित्र क्षेत्र समस्यामा रहेको बुझ्न सकिने बताउनुभयो । उहाँले चलचित्र उद्योग विगतको तुलनामा धेरै विकसित भएको बताउनुभयो ।
मन्त्री पाण्डेले गुणस्तरीय चलचित्र निर्माण गर्नसके चलचित्र क्षेत्रको भविष्य उज्वल रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्