१० चैत्र २०८१, आइतबार | Sun Mar 23 2025


कविता समाजलाई सुसुचित गर्ने महत्वपूर्ण माध्यम : पूर्वराष्ट्रपति भण्डारी


208
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कविता समाजलाई सुसुचित गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा कति तीर्थ श्रेष्ठको एकल कविता बाचन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले कवितामा व्यक्त आशय र विचारहरु यथार्थमा आधारित हुने बताउनुभयो । यथार्थमा आधारित कुराहरु समाजलाई जानकारी गराउने प्रभावशारी माध्यम भएको जिकिर गर्नुभयो । कविताका माध्यमबाट देश र संसारलाई बुझ्ने अवसर मिल्ने बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले कविता वाचन जस्ता कार्यक्रमहरु आगामी दिनमा देशव्यापी रुपमा हुँदै जानुपर्ने बताउनुभयो ।