
काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले राजतन्त्र अब नफर्किने बताउनुभएको छ ।
जनकपुरमा आयोजित एक कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै सांसद निधीले नेपालमा राजतन्त्र फर्किन्छ भनेर प्रचार गरिएको भएपनि अब राजतन्त्र र राणातन्त्र फर्किन सम्भव नरहेको बताउनुभएको हो । उहाँले अरु देशमा राजतन्त्रको अन्त्य हुँदा कस्तो दुर्गति भएको छ भन्नेकुरा आफ्नो सीमालाई तत्कालीन राजाले बुझ्नुपर्ने बताउनुभयो ।
सांसद निधीले राजतन्त्र अस्वीकृत भइसकेको बताउनुभयो । उहाँले नेपालको अन्तिम राजा ज्ञानेन्द्र शाह भएको बताउनुभयो । गणतन्त्रको जग बलियो भएकाले कसैले हल्लाउन नसक्ने जिकिर गर्नुभयो ।
सांसद निधीले देशको मालिक जनता भएकाले व्यक्ति देशको मालिक बन्न नसक्ने बताउनुभयो । उहाँले सार्वभौम सत्ता अब जनतामा निहित रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्