
काठमाडौं । हरेक तीन वर्षमा गरिने गैंडा गणना बर्दियामा अनिश्चिकालका लागि स्थगित भएको छ ।
आर्थिक अभावका कारण यसवर्ष चैतमा हुने भनिएको गैंडा गणना नहुने भएको बर्दिया निकुञ्जले जनाएको छ ।
विदेशी दाताको सहयोगमा गणना हुँदै आएकोमा यसवर्ष सहायता रोकिएपछि गैंडा गणना प्रभाहित भएको हो ।
बर्दिया मात्रै नभइ यसवर्ष राष्ट्रिय स्तरको गणना प्रभावित भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले बताउनुभयो । करिब चार महिनाअघि निकुञ्जले गैंडाको संख्या र अवस्था बुझ्न अनुगमन गरेको थियो ।
गैंडा गणनाका क्रममा २६ वटा गैंडाको गणना भएको थियो । पछिल्लो पटक गैंडाको अवस्था बुझ्न निकुञ्जका कर्मचारी, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोलीलगायत दश वटा हात्ती परिचालित गरिएको थियो ।
दर्जन बढी गैंडा भारतीय सीमावर्ती कतरनियाघाट वन्यजन्तु सेन्चुरीमा पुगेको अनुमान गरिएको छ । निकुञ्जमा २०२२ मा भएको गणनामा ३८ वटा गैंडा गणना गरिएको थियो । बर्दिया निकुञ्ज हुँदै बग्दै गरेको गेरुवा नदीमा पानी सुकेका कारण केही गैंडा पानी खोज्दै भारत पुगेको आशंका गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्