
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले शासन सत्तामा पुग्नेहरुले गरेका विकृतिका कारण लोकतान्त्रिक गणतन्त्रको बदानाम भएको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता खनालले आम सर्वसाधारणको जीवनयापन उकास्न तथा देशमै उद्योगधन्दा स्थापना गरी रोजगारीको व्यवस्था गर्न २०६२÷०६३ को क्रान्ति भएको बताउनुभयो । उहाँले क्रान्तिमार्फत जनताले गरेको आशा र भरोषामाथि सत्तामा पुग्नेहरुले वास्ता नगरेको आरोप लगाउनुभयो । नेताहरु दलाल पूँजीपतिहरुको दलाली गर्ने र कमिसनतन्त्रमा रमाउन थालेकाले लोकतन्त्रमाथि अनेक किसिमको प्रहार हुन थालेको उहाँको भनाइ छ ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता खनालले राज्यसत्तामा हुनेहरुको नीतिहिनता र अकर्मण्यका कारण देशमा प्रतिगमणकारी शक्तिहरु सल्बलाउने मौका पाएको बताउनुभयो । उहाँले सबै किसिमका प्रतिगमनकारीहरुलाई परास्त गरी देशलाई आमुल परिवर्तनको दिशामा लैजान तत्काल पहलकदमी थाल्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्