११ चैत्र २०८१, सोमबार | Mon Mar 24 2025


लेबनानमा इजरायली हवाई हमला


1.989k
Shares

एजेन्सी । इजरायली सेनाले लेबनानमा ब्यापक हवाई हमला गरेको छ । लेबनानले इजरायलमा रकेट प्रहार गरेपछि इजरायलले लेबनानमा जवाफी कारवाही स्वरुप हवाई आक्रमण गरेको हो ।

गत नोभेम्बरमा युद्धविराम लागू भएपछिको यो सबैभन्दा ठुलो हवाई हमला भएको हो । इजरायलले दक्षिणी लेबनानमा इरान समर्थित मिलिशिया र राजनीतिक समूह हिजबुल्लाहसँग सम्बन्धित दर्जनौं रकेट लन्चर प्रहार गरेको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसा हवाई आक्रमणमा एक बालकसहित सात जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । इजरायली हवाई आक्रमणका कारण लेबनानको कमाण्ड सेन्टर, पूर्वाधार साइटहरू र हतियार भण्डारणमा क्षति पुगेको छ ।

इजरायलमा लेबनानको तर्फबाट भएको रकेट आक्रमणमा हिजबुल्लाहले आफ्नो कुनै संलग्नता नभएको प्रष्ट पारेको छ । हिजबुल्लाह र प्यालेस्टिनी गुटहरू सहित विभिन्न सशस्त्र समूहहरू सक्रिय रहेको लेबनानले गरेको आक्रमणको जिम्मेवारी कसैले लिएको छैन । इजरायल र लेबनानबीच युद्धविराम जारी रहेकै बेला भएको यस आक्रमणको भने विश्वजगतले भत्र्सना गरेको छ ।