
काठमाडौं । प्रधानमन्त्री कपअन्तर्गत आज तीन खेल हुँदैछन् । देउखुरी क्रिकेट स्टेडियममा आइतबार बिहान ९ बजेदेखि शुरु हुने खेलमा सुदूरपश्चिम प्रदेश र कोशी प्रदेश भिड्दै छन् ।
आइतबार आज सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशबीच खेल हुँदैछ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुनेछ । जारी प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले ७ खेलमा २ जित र ५ हार बेहोरेको छ भने कोशी प्रदेशले खेलेका ७ खेलमा १ जित र ६ हार बेहोरेको छ ।
आज हुने अर्को खेल त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबीच हुँदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुनेछ । जारी प्रतियोगितामा आर्मी क्लबले ७ खेलमा ६ जित र एक हार बेहोरेको छ भने लुम्बिनी प्रदेशले ७ खेलमा ४ जित ३ हार बेहोरेको छ ।
त्यसैगरि आज अर्को खेल गण्डकी प्रदेश र एपीएफ क्लबबीच हुदै छ । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुनेछ । हालसम्म गण्डकीले ७ खेलमा एक जित र ६ हार बेहोरेको छ भने एपीएफले आफ्ना ६ खेलमा ४ जित र २ हार बेहोरेको छ ।
प्रतिक्रिया दिनुहोस्