
काठमाडौं । गैरसरकारी संस्था निवारण फाउन्डेसनले सन्जीवनी परियोजनाअन्तर्गत नेपालका ७७ वटै जिल्लाहरुमा ५० शैयाको अस्पताल बनाउने निर्णय गरेको छ । फाउन्डेसनका प्रबन्ध उज्जल सबेदीले सन् २०३२ सम्ममा अस्पताल बनाइसक्ने जानकारी गराउनुभयो ।
काठमाण्डौमा आयोजित एक कार्यक्रममा उहाँले फाउन्डेसनले सन् २०२५ देखि २०२७ सम्ममा ५२ जिल्लाका २७५ गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।
फाउन्डेसनले प्रथम चरणको कार्यक्रमअन्तर्गत २०८२ जेठ १ गतेबाट सुदूरपश्चिम प्रदेशको बाजुराको छेडेदहबाट कार्यक्रमहरु शुरु गर्ने जनाएको छ ।
फाउन्डेसनले समुदाय परिचालन, नीजि सार्वजनिक साझेदारी र श्रोतका लागि बहुसरोकारवालाहरूसँग समन्वय गर्दै समाजमा रहेको गरिबी तथा असमानता अन्त्य गर्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया दिनुहोस्