११ चैत्र २०८१, सोमबार | Mon Mar 24 2025


काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


169
Shares

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाइएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा चैत्र ५ गते बसेको पदाधिकारी र पूर्वपदाधिकारीको अनौपचारिक बैठकले आजका लागि कार्यसम्पादन समिति बैठक तय गरेको थियो ।

बैठकमा गणतन्त्रविरुद्ध पूर्वराजालाई अघि सारेर भएका प्रदर्शन, गणतन्त्रवादीको भूमिकासहितका समसामयिक एजेण्डाका साथै अन्य विषयमा पनि छलफल हुने बताइएको छ ।