
काठमाडौं । स्ववियुको निर्वाचन रोकएका दुई क्याम्पसहरुमा आज चुनाव हुँदैछ । काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) र पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा मतदान भइरहेको हो ।
अस्कलमा स्ववियुको नेतृत्व चुन्न इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान भइरहेको छ । चैत ५ गते विवाद भएपछि हुन नसकेको मतदान आज बिहान आठ बजेदेखि भइरहेको हो ।
शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको अमृत साइन्स क्याम्पसका प्रमुख होमबहादुर बानियाँले जानकारी दिनुभयो । इलेक्ट्रोनिक मेसिनबाट मतदान भएकाले आजै साँझ नतिजा सार्वजनिक हुने बताइएको छ ।
यस्तै स्ववियुको निर्वाचन भइरहेको पृथ्वीनारायण क्याम्पसका प्रमुख हरिप्रसाद पाठकले मतदानमा कुनै समस्या नभएको बताउनुभयो । पृथ्वीनारायण क्याम्पसमा पनि चैत ५ गते विवाद भएपछि अन्तिम समयमा मतदान रोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्