१२ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025


औरही घटनाको छानबिन गर्न संसदीय समितिको माग


221
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) बाट राष्ट्रिय सभा सांसद घनश्याम रिजालले सिरहाको औरहीमा दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति माग गर्नुभएको छ ।

आजको राष्ट्रिय सभा बैठकमा सांसद रिजालले सिरहाको औरही–५ मा गाउँपालिका अध्यक्ष शिवजी यादव, जनमत पार्टीका पालिका अध्यक्ष दिलिप यादव र विष्णु महायज्ञका आयोजक बजरङ्ग बाबाले दलित समुदायका दीपक मलिकको घर भत्काएकोमा निन्दा गर्दै छानबिन समिति गठन माग गर्नुभएको हो । उक्त घट्नाले ६० लाख दलित समूदायको अपमान भएको उहाँको भनाइ छ ।

सांसद रिजालले निर्वाचित जनप्रतिनिधिले नै अपराधको नेतृत्व गर्नुले नेपाली समाजको चेतनाको स्तर उदांगो भएको टिप्पणी समेत गर्नुभयो ।