१२ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025


देश बाहिरबाट परिवर्तन संभव नहुने काँग्रेसको ठहर


2.314k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले बाहिरबाट परिवर्तन आउने कुरा सम्भव नरहेको ठहर गरेको छ ।

पार्टी मूख्यालय सानेपामा आइतबार बसेको काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले भारततर्फ संकेत गर्दै बाहिरबाट परिवर्तन आउने कुरा सम्भव नरहेको ठहर गरेको हो ।

बैठकपछि काँग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले नेपालको विषय नेपाली जनताबाटै निर्णय हुने बताउनुभयो । सरकारले संविधान संशोधन लगायतका कतिपय विषयहरू उठाएकाले त्यस विषयमा काँग्रेसले आगामी दिनमा निर्णय गर्दै जाने भन्दै महतले बाहिरबाट परिवर्तन आउन भने संभव नरहेको जिकीर गर्नुभयो ।

काँग्रेस कार्यसम्पादन समितिको बैठकले पार्टी संविधानप्रति पूर्ण प्रद्धिवद्ध रहेको पनि दोहो¥याएको छ । साथै काँग्रेसले गणतन्त्र रक्षाका लागि भन्दै सडक प्रदर्शनमा भने नउत्रिने निर्णय पनि गरेको छ ।