१६ चैत्र २०८१, शनिबार | Sat Mar 29 2025


दाङको प्लाई उद्योगमा भएको आगलागी नियन्त्रणबाहिर


585
Shares

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । सोमबार बिहान करिब २ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।

आगो निभाउन जिल्लाका सबै ठाउँकाट दमकल, टयाङ्कर, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिनुभयो । यस्तै बाँके र रुपन्देहीबाट पनि दमकल मगाइएको बताइएको छ ।

आगलागी भएको स्थानबाट बस्ती नजिकै रहेकाले स्थानीयलाई घरबाट बाहिर निकालेर बस्ती जोगाउने काम भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण अहिलेसम्म खुलेको छैन ।