
एजेन्सी । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र युरोपेली संघका विदेश मामिला तथा सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि काजा कालासले गाजा युद्धविराम वार्ता पुनः शुरु गर्न आह्वान गर्नुभएको छ ।
कायरोमा युरोपेली संघका शीर्ष कुटनीतिज्ञसँगको बैठकपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अब्देलाट्टीले गाजा पट्टीमा नागरिकविरुद्ध इजरायली सैन्य कारवाही पुनः शुरु गर्ने कुरालाई अस्वीकार गर्नुभयो ।
सबै (इजरायली) बन्दीहरूलाई रिहा गर्ने एक मात्र तरिका वार्ताको टेबलमा फर्कनु र युद्धविराम सम्झौताको पालना गर्नु रहेको अब्देलाट्टीले बताउनुभयो । उहाँले जनवरी १९ मा लागू भएको प्रारम्भिक गाजा युद्धविराम सम्झौताको दोस्रो चरणतर्फ द्रुत गतिमा अघि बढ्नुपर्ने आवश्यकतामा पनि जोड दिनुभयो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्