
काठमाडौं । मनकामना केबलकार चैत १४ गते (बिहीबार) बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सोमबार सुचना जारी गरेर मनकामना केबुलकार मर्मत सम्भार गर्नका लागि चैत १४ गते सेवा बन्द हुने जानकारी गराएको छ ।
केबुलकारको नियमित टावरको मर्मत गर्नुपर्ने भएका कारण एक दिनको लागि बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जल शेरचनले जानकारी दिनुभयो । मनकामना केबुलकार २०५५ सालदेखि सञ्चालनमा आएको हो ।
केबुलकार बन्द हुँदा दर्शनार्थीलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गर्नुका साथै चैत १५ गते शुक्रबारदेखि केबुलकार पुनः सञ्चालनमा ल्याइने मनकामना दर्शन प्रालिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्