१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025


सुनको मूल्य घट्यो, चाँदी स्थिर


0
Shares

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदीको मूल्य स्थिर छ । आज चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।